AmpleAdolescentEkaltadeta-max-1mb

व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको दृष्टिले कार्यस्थल र कार्य वातावरणको सुधारको लागि कानूनी प्रावधानको कार्यान्वयन एक पक्ष हो भने आवश्यक सुधारको लागि सल्लाह र परामर्श सेवा अर्को महत्वपूर्ण पक्ष हो । कामदार कर्मचारीहरुको  स्वास्थ्य तथा सुरक्षाको संरक्षण र प्रवद्र्घन एक निरन्तर प्रक्रियाको रुपमा  अगाडी बढाउनका लागि यस सम्बन्धमा सल्लाह र परामर्श सेवा नितान्त आवश्यक हुने कुरा महसुश भई त्यस तर्फ यस कन्द्रको निम्न मूलभूत उद्देश्य रहेका छन् ।

१) कार्यस्थलमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको प्रवद्र्धनका लागि आवश्यक ऐन, कानून, अभ्यास संहिता, मार्ग दर्शन तथा मापदण्डको तर्जुमा गर्ने ।

२) कार्यस्थल सुधारका कानूनी प्रावधानहरुको कार्यान्वयनको लागि नियमित र व्यवस्थित रुपमा कार्यस्थल निरीक्षण तथा अनुगमनमा सहयोग गर्ने ।

३) कार्यस्थलमा कामदारहरुको स्वास्थ्य तथा सुरक्षाको संरक्षण र प्रवद्र्धनका लागि नियमित र व्यवस्थित रुपमा कार्यस्थल अनुगमन गर्ने तथा सुधारका सम्भव विकल्पहरु वारेमा आवश्यक परामर्श सेवा उपलब्ध गराउने ।

४) कार्यस्थलमा श्रमिकहरुको स्वास्थ्य तथा सुरक्षाको संरक्षण र प्रवद्र्धनका लागि सम्पूर्ण श्रोत र जानकारी सम्पन्न केन्द्रको रुपमा स्थापित गर्ने र आवश्यक जानकारी प्रवाहको उचित संयन्त्र स्थापित गर्ने ।

५) कार्यस्थलमा श्रमिकहरुको स्वास्थ्य तथा सुरक्षाको संरक्षण र प्रवद्र्धनका लागि सम्बन्धीत सबै पक्षलाई आवश्यक तालिम तथा प्रशिक्षणको श्रोत केन्द्रको रुपमा स्थापित गर्ने ।

नेपालका लागि भने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य को अवधारणा विल्कूलै नयाँ भएकोले यस क्षेत्रमा धेरै नै काम गर्नु पर्ने आवश्यकता रहेको छ ।

Scroll to Top