AmpleAdolescentEkaltadeta-max-1mb

हरेक राष्ट्रको आर्थिक विकासको लागि त्यस राष्ट्रमा संचालित अद्योग तथा व्यवसायको महत्वपूर्ण योगदान रहेको हुन्छ यसले राष्ट्रमा विभिन्न किसिमको रोजगारी तथा अवसरहरुको सृजना गर्दै सिंगो राष्ट्रलाईनै आर्थिक रुपले समुन्न्त बनाउँदै लौजाने कुरामा दुई मत छैन तर त्यस किसिमका अद्योगहरुमा प्रयोग गरिने मेशिन, औजार तथा उत्पादन प्रक्रियामा कार्यस्थलबाट निस्किने धुँवा, धुलो , रसायनिक पदार्थ ,ध्वनी, ताप आदिले त्यस कार्यक्षेत्रमा कार्यरत कामदार–कर्मचारीहरुको शारिरिक एवं मानसिक प्रणालीमा नकारात्मक प्रभावहरु पर्नुका साथै विविध औद्योगिक दुर्घटना तथा व्यवसायजन्य रोगहरु पनि लाग्न सक्छ ।

नेपालमा अधिकाँस औद्योगिक प्रतिष्ठानहरुमा काम ता कार्यस्थलहरुलाई सुरक्षित बनाउन पर्याप्त चासो दिईएको देखिदैन । कार्यस्थलको वातावरण स्वास्थ्य एवं सुरक्षित बनाउन कार्यस्थलमा रहेको धुँवा, धुलो,ध्वनी,ताप एवं रसायनिक खतरा नियन्त्रण गर्न उपयूक्त अपनाउन अनिवार्य छ ।नेपालमा प्रत्येक बर्ष कार्यस्थलमा हजारौं कामदारहरु दुर्घटनामा पर्ने र सयौंले ज्यान गुमउने अनुमान गरिएको छ ।कार्यस्थलका यस्ता पेशागत रोग तथा दुर्घटनाले तथा दुर्घटनाले सम्बन्धित व्यक्तिको परिवार वा ऊ कार्यरत अद्योगलाई मात्रै क्षति पुर्याउने हैन कि यसले सम्पूर्ण समाज तथा राष्ट्रकै लागि मानविय तथा आर्थिक क्षति पुर्याउँछ ।असुरक्षित क्रियाकलाप र असुरक्षित अवस्था कार्यस्थलमा दुर्घटनाका मुख्य कारणहरु हुन् ।कार्यस्थलमा कामदारहरुले कामको प्रकृति अनुसार आचरण एवं व्यवहार नगर्नुनै असुक्षित क्रियाकलाप अन्र्तगत पर्दछ ।कार्यस्थलको वातावरण स्वास्थ्य एवं सुरक्षित बनाउन रोजगारदाताले उपयूत व्यवस्था नगर्नु भनेको असुरक्षित अवस्था भएको कार्यस्थलको सृजना गर्नु हो । उत्पादन प्रक्रियामा उद्योगबाट निस्कने धुँवा,धुलो,रसायनिक विषालु पदार्थ, ध्वनी , ताप आदिले त्याँहा कार्यरत कामदार तथा कर्मचारीहरmको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्न नदिई व्यवसायजन्य रोग हुन बाट बचाउन र उद्योगमा रहको मेशिन औजारबाट हुन सक्ने दुर्घटनाबाट कार्यरत श्रमिकहरुलाई बचाउन गरिएको व्यवस्थानै व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य हो ।

देशको आर्थिक विकासको लागि औद्योगिककरण एक महत्वपूर्ण आधार–स्तम्भ हो । औद्योगिकरणको निरन्तरता र विकासको लागि उत्पादन र उत्पादकत्वमा क्रमशः वृद्घि हुनु नितान्त आवश्यक हुने र सुरक्षित कार्य र कार्यावस्था उत्पादन र उत्पादकत्व वृद्घिका समपुरक आधार हुन् । उद्योग प्रतिष्ठानहरुमा सुरक्षित कार्य तथा कार्यावस्थाको प्रवद्र्धन र संरक्षणलाई औद्योगिक व्यवसायको एक समपूरक आधारभूत पक्षको रुपमा विकसित गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरि तत्कालिन श्री ५ को सरकारले २०५२ सालमा “व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी आयोजना” को स्थापना गरेको र यस आयोजनालाई नेपाल सरकार (मन्त्रिपरिष्द) को मिति २०७५।०३।३२ को निर्णयानुसार व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको रुपमा रहने गरी २०७५ साल श्रावण १ गते देखी स्थायी संगठन संरचना स्विकृत भएको हो ।

 

Scroll to Top